MY GORKHALAND Headline Animator

Search for
Get a Free Search Engine for Your Web Site

Sunday, April 13, 2025

ब्रह्मपुत्र बोर्ड प्रतिनिधिमण्डलसँग जीटीए प्रतिनिधिहरुको बैठक

पानीको समस्या हाम्रो पहाडमा दिनदिनै बढ्दै गइ रहेको छ। पिउने पानी सबैको अधिकार हो। कसरी पहाडमा पानीको व्यवस्थापन गर्न सकिन्छ? कसरी पहाडको जनतालाई पिउने पानी उपलव्ध गराउन सकिन्छ? यस्ता प्रश्नहरू लिएर आज पिन्टेल भिलेज, जीटीए कार्यालयमा मेरो अध्यक्षतामा ब्रह्मपुत्र बोर्डका प्रतिनिधिहरू (अधिकारी, विशेषज्ञ र इन्जिनियरहरू) , जीटीए सिँचाइ विभागका अधिकारीहरू अनि अन्य सँग एउटा बैठक बस्यौँ। 

बैठकमा गरिएको मुख्य चर्चाका बिन्दुहरू यस प्रकार रहेको छ

१. प्राकृतिक जलस्रोतहरूको सर्वेक्षण:

+ ब्रह्मपुत्र बोर्डले जीटीए सिँचाइ विभागको सहयोगमा क्षेत्रका विभिन्न प्राकृतिक पानीका सोतहरूको सर्वेक्षण गरेको छ जुन यस क्षेत्रका मुख्य नदीहरूलाई जलापूर्ति गर्छन्।  
+ यो सर्वेक्षणले यी जलस्रोतहरूको हालको अवस्था आंकलन गर्न र संरक्षणका उपायहरू पत्ता लगाउन लक्ष्य राखेको थियो।  

२. स्थायी जलस्रोतहरूको पुनर्जीवन:
 
+ दुबै पक्षले स्थायी रूपमा बगिरहने पानीका स्रोतहरू पुनर्जीवित गर्न सहकार्यमा काम गर्ने सहमति जनाएका छन्।  
+ जलअभाव रोक्न र पारिस्थितिक सन्तुलन कायम गर्न दीर्घकालीन समाधानमा जोड दिइएको थियो।  

३. सहकार्यमा आवश्यक कदमहरू:
   
+ ब्रह्मपुत्र बोर्ड र जीटीएले प्राकृतिक जलप्रणालीहरू संरक्षण गर्न संयुक्त रूपमा परियोजनाहरू सञ्चालन गर्नेछन्।  
+ ब्रह्मपुत्र बोर्डले प्राविधिक ज्ञान उपलब्ध गराउनेछ भने जीटीएले स्थानीय जानकारी र प्रशासनिक सहयोग प्रदान गर्नेछ।  

यस बैठकले महत्त्वपूर्ण जलस्रोतहरू संरक्षण गर्न संस्थागत सहकार्यको आवश्यकता रहेको देखाएको छ। ब्रह्मपुत्र बोर्ड र जीटीए बीचको सहकार्यले जल संरक्षणका प्रयासहरूलाई मजबूत पार्ने अपेक्षा गरिएको छ जसले वातावरण र स्थानीय समुदाय दुबैलाई फाइदा पुर्याउनेछ।  

Wednesday, January 6, 2021

गोजमुमो ३६ नम्बर समष्टि युवा मोर्चा पुनर्गठन ।

गोजमुमो ३६ नम्बर समष्टि युवा मोर्चा पुनर्गठन । 

गोर्खा जनमुक्ति युवा मोर्चा ३६ नम्बर समष्टिको समष्टि समिति आज गठन गरिएको छ। समष्टिको पुरानो समितिले सही तरीकाले साङ्गठनिक रूपमा कार्य गर्न नसकेपछि उक्त समितिलाई विघटन गरिएको थियो भने ३६ नम्बर समष्टि अन्तर्गत विभिन्न क्षेत्र,गाउँहरूका युवाहरूको परामर्श अनुसार नयाँ समिति गठन गरिएको गोजयुमो कालेबुङ जिल्ला समिति महासचिव अमीर बस्नेतले बताए। 

आज गठन गरिएको गोजयुमो ३६ नम्बर समष्टिको अध्यक्षको रूपमा सोनाम भोटियालाई चयन गरिएको छ भने उपाध्यक्ष छेसाङ तामाङलाई चयन गरिएको छ। उपाध्यक्ष पदमा अन्य एकजनालाई पछिबाट फेरि चयन गरिने छ। 

यसरी नै महासचिवको रूपमा अनिल भूजेल,सहसचिवद्वय मिलन तामाङ अनि प्रितम मिजार,साङ्गठनिक सचिव सरोज राई,सल्लाहकारहरूमा जिप्सन लेप्चा अनि सागर राईलाई चयन गरिएको छ। नवगठित समितिमा कार्यकारिणी  सदस्यहरूको रूपमा दिव्यराज छेत्री,सुनील छेत्री,सुरज भूजेल अनि सागर राईलाई चयन गरिएको छ। यसबारे विस्तृत जानकारी गराउँदै गोजयुमो कालेबुङ जिल्ला समिति महासचिव अमीर बस्नेतले आज गठन गरिएको समितिले चाँडै नै समष्टि अन्तर्गतका विभिन्न क्षेत्रहरू डुग्रा,पुदुङ,रौसे,सिडफार्म आदि लगायत नगरपालिकाका विभिन्न वार्डहरूबाट पनि कार्यकारी सदस्यहरूलाई सामेल गरि पूर्ण समिति गठन गरिने तय भएको जनाए। 

राजनैतिक रूपमा युवाहरू पीडित रहेको तथा युवाहरूले विभिन्न समस्याहरू भोग्नु परिरहेको कारण समष्टिको युवाहरूको पक्षमा रहेर आज गठन गरिएको गोजयुमो ३६ नम्बर समष्टि समितिले कार्य गर्ने पनि तिनले थप बताए।

Perception and Politics

 By Jyoti Mukhia

Worrisome Pictures for BJP after Less Turnout in Suvendu Adhikari's Rallies in last 2 Days. Even the "Mega Rally" In Kanthi was not upto the mark according to many. Is the Wind Blowing in opposite direction?


If we look at the enthusiasm of people around Bimal Gurung, same perception is seen. BG's every move is telecast live creating a halo effect, that BG is the real leader of the hills. BG's statements are self contradictory, I don't know how masses are  digesting his dubious statements.

Can people accept his argument yhat in 2021 he will support TMC and in 2024 will support whoever supports PPS?

BG also says Mamata Banerjee will initiate the process of PPS. Mind it BG has never said PPS means Gorkhaland. Even though in his Rally we can hear the Gorkhaland slogans. That's the trick.

Perception is being created that Mamata Banerjee is for Gorkhaland and has promised it to BG. Are people buying this narrative? The party (BJP) who has the power and numbers in the parliament to grant what Gorkhas aspire, did not buzz a bit, and Bimal Gurung was a part and parcel of that party. Can we believe what BG is talking and promising now?

The other projected perception is BG defeated TMC / Binoy Tamang in 2019 lok sabha election. Was it BG or the anger of people towards Mamata Banerjee that gave victory to BJP in 2019?  It's the anger of people against TMC govt that gave victory to BJP.

Now is the time that false perceptions should be demolished whichever be the party. Voters should be informed and not misinformed.